३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


जनगुनासो सम्बोधन गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो : सांसद शर्मा


325
Shares

काठमाडौं । नेकपामाओवादी केन्द्रकी सांसद नारायणी शर्माले जनताको जनगुनासोहरुलाई सम्बोधन गर्नका लागि समाजवादी मोर्चा नेपाल बनाइएको बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले जनताको जनगुनासोहरुलाई एक ठाउँमा केन्द्रित गरी एक ठाउँमा उभिएर मुकाबिला गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताउनुभएको हो । उहाँले सत्ता टिकाउनको लागि मात्रै मोर्चा नबनाएको बताउनु भयो । यद्यपी मोर्चाले सरकार सञ्चालनमा सहयोग नै पुग्ने उहाँको भनाई छ । उहाँले देशमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्न दलहरु एक ठाउँमा उभिएर अघि बढ्दा सहज हुने भएकाले मोर्चा बनेको बताउनु भयो । उहाँले मोर्चामा आवद्ध दलहरु सडक, सदन र सरकारमा एक भएर अघि बढ्ने बताउनु भयो ।

सांसद शर्माले नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकीकरण गरेर माओवादी केन्द्रको महासचिव बनाउने भनेर नफकाइएको बताउनु भयो । उहाँले विप्लव विगतमा माओवादी आन्दोलनकै नेतृत्व भएको भन्दै एकीकरण भएको खण्डमा पार्टीले जुनसुकै जिम्मेवारी दिनसक्ने बताउनु भयो ।

सांसद शर्माले कोशी प्रदेशलाई प्रदेश सरकारको दुई तिहाइले नाम पारित गरेको भन्दै कसैले सो नाम लिन आनाकानी गर्नु नहुने बताउनु भयो ।