
महेश कार्की
बझाङ । सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री पृथ्बीबहादुर सिंह चढेको गाडी दुर्घटना हुँदा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ ।
मंगलबार धनगढीबाट बझाङ जाने क्रममा सिंह चढेको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको थियो । सुदूरपश्चिम प्रदेशको ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटना हुँदा ५ जना घाईते भएका थिए ।
घाइते हुनेमा गाडी चालक धर्मराज जोशी, मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, भाउजु जयदेवी सिंह र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन् । ती मध्ये मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयदेवी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । मन्त्री सिंह सहित अरु घाइतेलाई थप हेलिकोप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्