Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


नागरिकता ऐन सम्बन्धी मुद्दामा मंगलबार पनि भएन सुनुवाइ


2k
Shares

काठमाडौं । नागरिकता ऐन सम्बन्धि मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज कुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको मुद्दा हेर्न नमिल्ने हुँदै स्थगित भएको छ ।

यसअघि न्यायाधीश शर्माको इजलासले नै नागरिकता ऐन सम्बन्धि रिट निवेदनमा सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेकोले सो आदेशमा निरन्तरता दिनेकी नदिने भन्ने विषयमा सुनुवाई गर्न नमिल्ने भएपछि आज पनि उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो । यसअघि जेठ २१ गते सर्वोच्चका न्यायाधीश शर्माको इजलासले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिको दुबै सदन ( प्रतिनिधि र राष्ट्रिय सभा)ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।