११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


नागरिक बाढी पहिरोको चपेटामा पर्दा गृहमन्त्री समाजवादी मोर्चा बनाउन लागेको भन्दै सांसदको आपत्ति


195
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

वर्षात्का कारण पूर्वी पहाडी जिल्लाहरुमा विपद्मा परी उपचार नपाएर नागरिकहरुको ज्यान समेत गईरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै आपत्ति समेत जनाउनु भयो । सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले वर्षातका कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरु संसदमा बेखवर रहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

सांसद झाले बाढी र पहिरोका कारण नागरिकहरुमा मरिन्छ कि भन्ने डर बढदै गईरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोप समेत लगाउनु भयो ।सांसद झाले आफूहरुले विपद व्यवस्थापनका बारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसको बारेमा संसदलाई जानकारी गराउन ढिलाई गर्न नहुने बताउनु भयो ।