Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


जनशक्ति सहितको स्रोत साधन तत्काल उपलब्ध गराउन सांसद आचार्यको माग


78
Shares

काठमाडौं । नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्ति सहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।


सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।सांसद आचार्यले सुनसरीमा मकै खेतीको पनि जोन स्थापना गर्न सरकारसँग आग्रह गर्नु भयो ।

दशौं हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उहाँको भनाई थियो ।सांसद आचार्यले सुनसरीको खेतीबाली विक्रीका लागि सरकारले छुट्टै केन्द्रहरुको स्थापना गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।