Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बेलायतमा चक्कु प्रहारबाट ३ जनाको मृत्यु


13k
Shares

एजेन्सी । बेलायतमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ ।

बेलायतको नटिङघम विश्वविद्यालयको विद्यार्थीमाथि एक व्यक्तिले चक्कु प्रहार गर्दा भारतीय छात्रा हक्की खेलाडीसहित ३ जनाको मृत्यु भएको हो । अध्ययन सकेर घर फर्कने क्रममा रहेका विद्यार्थीमाझ ती व्यक्तिले चक्कु प्रहार गर्दा विद्यार्थीबीच भागदौड मच्चिएको थियो ।

घटना लगत्तै चक्कु प्रहार गर्ने ३१ वर्षिय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्ति यसअघि पनि चक्कु प्रहार काण्डमा पक्राउ परि छुटेको प्रहरीको दावी छ ।