
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेशन प्रालिको संयुक्त आयोजनामा जेठ ३२ गतेदेखि कान्तिपुर हिसान एडुफेयर हुने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो ।
मेला असार ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने छ । कान्तिपुर हिसान एडुफेयर २०२३ का संयोजक टंकराज आचार्यले नेपालमै सञ्चालित शिक्षलयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा विविध परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो ।
मेलाले शिक्षा क्षेत्रसँग सम्बन्धित विद्यार्थी र अभिभावकलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिने आयोजकको लक्ष्य रहेको बताइएको छ । मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाहरुको सहभागिता रहने बताइएको छ ।
मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुहुनेछ भने यस वर्ष उत्कृष्ट शिक्षा नेपालमै भन्ने नारासहित मेला आयोजना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्