Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


त्रिभुवन विश्वविद्यालयद्वारा मर्ज हुन चाहनेका लागि निवेदन आव्हान


611
Shares


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफू अन्तर्गतका सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू एक आपसमा मर्ज हुन चाहनेका लागि निवेदन आव्हान गरेको छ ।

विश्वविद्यालयले मंगलबार सूचना जारी गरेर आपसमा गाभिएर समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र सिमा तोकेर निवेदन पेस गर्न आह्वान गरेको हो । समायोजन बापत कुनै शुल्क नलाग्ने सूचनामा उल्लेख छ । क्याम्पसको बेग्लाबेग्लै निवेदन,मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने,क्याम्पस खारेज गर्ने समितिको निर्णय,सम्बन्धन पत्रहरू,नवीकरण पत्रहरू र अक्षयकोषको रसिद लगायत कागजात निवेदनसाथ सलग्न गर्नुपर्ने त्रिविले जनाएको छ ।

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । त्रिभुवनसहितका विश्वविद्यालयको अनुमतिमा ७ सय ५३ निजी,५ सय ३७ सामुदायिक र करिब डेढ सय आंगिक क्याम्पस सञ्चालनमा छन् ।