
राजु चौधरी/ईमेज:
चितवन । चितवनमा आपराधिक गतिविधि, चोरी तस्करीका घटना बढ्न थालेका छन् । त्यसमा पनि पछिल्लो समय चितवन सुन तस्करको ट्रान्जिट बन्न थालेको छ ।
पछिल्लो समय सुनचाँदीका पसलहरु खुल्ने क्रम बढिरहेको छ । यद्यपी, व्यवसायीले भने आवश्यकता अनुसार सुन पाएका छैनन् ।
जसका कारण सुन व्यवसायीले २ दिनसम्म पसल नै बन्द गरेकाले आन्दोलनकै क्रममा चितवनबाट प्रहरीले अवैध सुनचाँदी सहित एकजनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा गत मंगलबार ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौंडाको टोली र चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालको विशेष टोलीले मंगलबार २ केजी ७६ ग्राम सुन र ४ केजी ६१७ ग्राम चाँदी, नगद रुपैयाँ बरामद गरेको थियो ।
र त्यसमा संलग्न भरतपुर महानगरपालिका–१ पुतली बजारमा डेरा गरि बस्दै आएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंपछि बढी सुन खपत हुने चितवन केन्द्रभागमा रहेको फाइदा उठाउँदै यहाँबाटै अवैध सुनचाँदी सप्लाई गर्न थालेका छन् ।
विशेष गरी चिनतर्फको रसुवा नाकाबाट भित्रिएका अवैध सुनचाँदी चितवन ल्याएर विक्री वितरण गर्न थालेको प्रहरीको अनुसन्धान छ ।
सुन तस्करहरुको ट्रान्जिट प्वाइन्ट नै चितवन बन्न थालेको रहस्य खुल्न थालेपछि सुनचाँदी व्यवसायीहरुमा तरंग उत्पन्न भएको छ ।
यस्ता तस्करलाई कसैले न कसैले त संरक्षण गरेको हुनुपर्छ तर सुनचाँदी व्यवसायी संघ चितवन भने आफूहरु यसमा संलग्न नभएको बरु राज्यले नै तस्करको संरक्षण गर्दा समस्या आएको आरोप लगाउँछन् ।
सुनचाँदी तस्करहरुको अवैध धन्दा मौलाउँदै गएको चितवनमा प्रहरीको अनुसन्धान फितलो देखिएको थियो
तर अब भने ५ सय भन्दा बढी सुनचाँदी पसल रहेको चितवनमा अभावकै बीच कहाँबाट सुनचाँदी भित्रिन्छ यसमा वृहत् अनुसन्धानको खाँचो छ ।
प्रतिक्रिया दिनुहोस्