Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सरकारले ल्याएको कर नीतिको सशक्त विरोध गर्ने सांसद श्रेष्ठको चेतावनी


130
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारले बजेट मार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले गरीबलाई झन् गरीब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकीर गर्दै त्यसको विरोधमा आफूहरुले संसद बैठक समेत अवरुद्ध गर्न सक्ने चेतावनी समेत दिनुभयो ।

सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यन्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्विकार्य नहुने बताउनुभयो । उहाँले गरीब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भनि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न समेत गर्नुभयो ।

सांसद श्रेष्ठले गरिवीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने बताउनुभयो ।