Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


खाडीमा नेपाली महिलाको कोख भाडामा !


0
Shares

काठमाडौं, भदौ २१ । खाडीमा गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माई फर्किने गरेको तथ्य बाहिर आएको छ ।

१२ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित ‘जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् ।

‘भारत तथा खाडीमा पैसा लिएर कोख भाडामा दिने गरेका घटनाहरु आएका छन्,’ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्ला समितिका सदस्य एवं माइती नेपाल, नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले भने, ‘नयाँ कुरा भएकाले हामीले यसलाई विशेष तरिकाले हेर्दैछौं ।’

उनले यस्तो गरेका महिला भेटिए पनि कुरा बाहिर ल्याउन नचाहेको बताए । –नेपाल समाचारपत्र दैनिकबाट