४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


प्रधानमन्त्री दाहाल आज खप्तडको कार्यक्रममा सहभागी हुँदै


650
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार सुदुर पश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड तर्फ जानुभएको छ ।

खप्तडमा मंगलबार देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल खप्तड प्रस्थान गर्नु भएको हो ।

प्रधानमन्त्री दाहाल मंगलबार बिहान प्रस्थान गर्नुभएको सचिवालयले जनाएको छ । सो सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगतगुरु शिद्धबाबा कृष्णदास महाराज लगायतको उपस्थिति रहने छ ।

सम्मेलनमा योगा, सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायत प्रस्तुत गरिनेछ ।