 
	    पर्वत । पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।
म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस सोमबार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाईते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी निरिक्षक अविनाश दिप जिसीले जानकारी दिनुभयो । अन्यको अवस्था भने सामान्य रहेको छ ।
अहिले सबै घाइतेको उपचार पर्वत अस्पतालमा भैरहेको छ । तीब्र गतिमा गुडेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्