Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध


234
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेको छ ।

आईतवार आगामी वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलका लागि बसेको राष्ट्रिय सभा बैठक प्रमुख प्रतिपक्षी दलले अवरुद्ध गरेको हो । नेकपा एमालेका राष्ट्रिय सभाका उपनेता भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकप्रति आपत्ति जनाउनु भयो । उहाँले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तत्कालनि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि संसदबाट पठाएकोमा अहिले सोही विधेयक नयाँ संसद बनिसकेपछि संसदमा नल्याइकन विधेयक मरिसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएकोप्रति आपत्ति जनाउनु भयो ।

उहाँले यसबारेमा सरकारले स्पष्ट धारणा राख्नुपर्ने र प्रधानमन्त्रीले भारतभ्रमणका क्रममा लिपुलेक, कालापानी, लिम्पियाधुरा भूभाग बंगलादेशको बाटोका लागि साट्ने कुरा गरेको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनु भयो । यस अघि एमाले लगायत बिपक्षी दलहरुले प्रतिनिधि सभको बैठक अवरुद्ध गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक आजै २९ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।