
web pic
काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार २४ औं चरणका चार खेल हुँदैछन् ।
आइतबार दशरथ रंगशालामा दुई खेल हुनेछ भने सातदोबाटो र च्यासल मैदानमा एक एक खेल हुनेछन् ।
दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यो खेल जित्दै मच्छिन्द्र तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अंक दुरी घटाउन चाहन्छ । लिगमा २४ खेलबाट चर्च ब्वाइजको ४४ अंक छ । एक खेल कम खेलेको मच्छिन्द्रको ३९ अंक छ ।
सातदोबाटो मैदानमा एफ.सी खुमलटार र संकटा क्लब भिड्नेछन् । दशरथ रंगशालमा दिउँसो ३ बजे न्युरोड टिमले हिमालयन शेर्पाको सामना गर्दा साँझ ६ बजे मनाङ मस्र्याग्दी क्लबले फ्रेण्ड्स क्लबसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्