
काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएपछि भारत भ्रमणमै रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहालले समवेदना प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाले सामाजिक सञ्जालमार्फत नरेन्द्र मोदीलाई सम्बोधन गर्दै मृतकप्रति हार्दिक श्रदान्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।
प्रधानमन्त्री दाहालले लेख्नु भएको छ, ‘भारतको ओडिशामा भएको रेल दुर्घटनामा दर्जनौंको ज्यान गएकोमा म दुःखी छु। यस दुःखको घडीमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदी जी, सरकार र शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु’ ।
उहाँले समवेदना प्रकट गर्दै भारतको ओडिशामा रेल दुर्घटनामा दर्जनौंको ज्यान गएकोमा दुख व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्