
रौतहट । अत्यधिक गर्मीका कारण रौतहटका सबै विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेको हो । इकाइ प्रमुख रामविनय कुमार सिंहले सूचना निकालेर जिल्लाका १८ वटै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गर्नुभएको हो । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
रौतहटसहित मध्य तराईमा हाल अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । जसका कारण तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्