Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च


5.5k
Shares

Gold price hike nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

बिहीबार प्रतितोला ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो।

बिहीबार बुधबारको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने बिहीबारको तुलनामा सुनको मूल्य ८ सयले बढेर छापावाल सुन १ लाख १३ हजार ३ सय पुगेको छ ।

त्यस्तै, शुक्रबार नेपाली बजारमा तेजाबी सुनको मूल्य १ लाख १२ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य बढेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीकाे मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो।