२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


प्रवक्ता विश्वकर्मालाई ६० हजार धरौटीमा छाड्न आदेश, फेरि पक्राउ


0
Shares

राजन राई (इमेज)

भोजपुर, भदौ २० । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पुनः नियन्त्रणमा लिएकोे छ ।

बुधबार जिल्ला अदालत भोजपुरले थुनछेक बहसपछि तीनओटा मुद्दामा ६० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिशचन्द्र इङ्नामको एकल इजलासले विश्वकर्मालाई ६० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

नियन्त्रणमा लिएपछि उनलाई दाङतर्फ लगिएको छ ।

सर्वोच्च अदालतले पटक–पटक थुनामुक्त गराउन आदेश दिएपनि नयाँ–नयाँ आरोपमा पक्राउ पर्दै आएका विश्वकर्मालाई पछिल्लोपटक निर्वाचनताका भोजपुरमा भएको विस्फोटको आरोप लगाइएको हो ।

तत्कालीन भोजपुर प्रदेशसभा क्षेत्र नम्बर ‘ख’का उम्मेदवार, हाल प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई सवार गाडीमा बम प्रहार गरेको र अरु दुई स्थानमासमेत बम विस्फोट गराएको आरोप उनीमाथि लगाइएको थियो ।

सोही मुद्दाको सुनुवाइका लागि मंगलबार उनलाई भोजपुर ल्याइएको थियो ।