 
	    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखिएको भित्ते चित्रमा नेपालको भूमि समेटिएको बारे नेपाल सरकारको नोटिसमा रहेको बताउनु भएको छ ।
मंगलबार संसदको पूर्वाधार समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बस्नेतले भारतको संसद भवनमा राखिएको मुरल(भित्ते चित्र) मा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा सरकार जानकार भएको बताउनु भयो । समितिको बैठकमा नेकपा एमालेका सांसद ठाकुर गैरेले भारतीय मुरलमा नेपालको भूमि पनि रहेको बिषयमा मन्त्री बस्नेतसँग जिज्ञासा राख्नु भएको थियो । बैठकमा मन्त्री बस्नेतले भन्नु भयो – ‘यो विषय सरकारको नोटिसमा छ,‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’
भारतले हालै नयाँ संसद भवनमा राखेको अखण्ड भारत भन्ने नक्शामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि भारतभित्रै रहेको भन्ने देखाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भोली भारत भ्रमणमा जाँदै हुनुहन्छ । त्यसमा मन्त्री बस्नेत सहित ५ जना मन्त्री सहभागी हुँदैछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्