Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


मानवसहितको चिनियाँ अन्तरिक्ष यान चन्द्रमातर्फ प्रक्षेपण


2.5k
Shares

एजेन्सी । चीनले मानवसहितको पहिलो अन्तरिक्ष यान मंगलबार चन्द्रमातर्फ पठाएको छ ।

मंगलबार बिहान स्थानीय समय अनुसार ९ बजेर ३१ मिनेट जाँदा सेञ्चौ–१६ नामक यान चन्द्रमातर्फ प्रक्षेपण गरिएको हो ।

गोपी मरुभूमिमा रहेको जिउछुवान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको यानमा तीन जना रहेका छन् । चन्द्रमा मिसनका कमाण्डर चिङ हाइपङको नेतृत्वमा चु याङचौ र क्वे हाइछाओ चन्द्रमातर्फ गएका हुन् ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ । चीनले चन्द्रमामा मानव बस्तीका लागि आधार निर्माण गर्ने योजना अघि सारेको छ ।