
काठमाडौं, भदौ २० । विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली देशहरुमा मेडिकल सामग्री, अत्यावश्यक औषधि तथा परीक्षण सामग्रीहरु सस्तो र सुलभ बनाउने जनाएको छ ।
भारतमा सम्पन्न संगठनको ७१औं दक्षिण–पूर्व क्षेत्रीय सभाले दक्षिण एसियाली राष्ट्रहरुमा मेडिकल सामग्रीहरु सस्तो र सुलभ बनाउने निर्णयसहितको घोषणपत्र जारी गरेको हो ।
यी राष्ट्रहरुमा महँगो उपचार खर्चका कारण गरिबी निम्ताएको भन्दै उपचारमा सबैको पहुँच पुर्याउन यस्तो निर्णय गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
११ देशका मन्त्री र अधिकारीहरु सम्मिलित बैठकले चिकित्सा क्षेत्रमा पहुँच विस्तार गर्नेलगायतका निर्णयहरुसमेत गरेको छ ।
उपचार गराउन नसक्ने जनतालाई अत्यावश्वक औषधि उपलब्ध गराउने र आर्थिक व्यवस्थापन गर्न सरकारहरुलाई रणनीतिक पहल गर्न पनि संगठनले भनेको छ ।
सम्मेलनमा नेपालका तर्फबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्