४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


बायर्न म्युनिखलाई लगातार एघारौं पटक बुन्डेस लिगाको उपाधि


221
Shares

काठमाडौं । यस वर्षको जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।

सिजनको अन्तिम खेलमा शनिबार राति एफ.सी कोलोनलाई २–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि उचालेको हो ।

शिर्ष स्थानमा रहेको बोरुसिया डर्टमण्डलाई मैन्जले २–२ गोलको बराबरीमा रोकेपछि बायर्नले उपाधि जितेको हो । यो खेल जितेको भए डर्टमण्डले उपाधि जित्ने थियो ।

शनिबारका खेलहरुपछि बायर्न म्युनिख र बोरुसिया डर्टमण्ड दुबै टोलीको समान ७१ अंक भएपनि गोल अन्तरको आधारमा बायर्न म्युनिखले उपाधि जितेको हो ।

सन् २०१३ देखि लगातार उपाधि जितिरहेको बायर्न म्युनिखको लागि यो उपाधि लगातार एघारौं उपाधि हो भने समग्रमा ३४ औं लिग उपाधि हो ।