Logo २४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025


दुई सय करोड क्लबमा समावेश भयो फिल्म ‘द केरला स्टोरी’


273
Shares

एजेन्सी । फिल्म ‘द केरला स्टोरी’ दुई सय करोड क्लबमा समावेश भएको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार ४ करोड ५० लाख भारतीय रुपैयाँ कमाउँदै फिल्म २ सय करोड क्लबमा समावेश भएको हो।

हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले २ सय ३ करोड ४४ लाख भारतीय रुपैयाँ कमाएको छ।

‘द केरला स्टोरी’ मा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाएको छ।

सुदीप्तो सेनले निर्देशन गरेको फिल्ममा अदा शर्मा, योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकारको अभिनय रहेको छ।

याे फिल्म रिलीज हुनुभन्दा अगाडी निकै विवादमा परेकाे थियाे । फिल्मलाई रिलीज गर्न नदिन विभिन्न पार्टीका नेताहरु पनि लागि परेका थिए ।