Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा


1.3k
Shares

काठमाडौं । पर्वतारोही कामीरिता शेर्पा २८ औं पटक विश्वको सर्वाेच्च सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्नु भएको हो ।

यस अघि २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नु भएका कामीरिताले सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले पनि २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गर्नु भएको हो । यससँगै कामीरिता विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोही बन्नु भएको छ ।कामीरिता सोलुखुम्बुकै थामे गाउँका बासिन्दा हुन् ।