 
	    एजेन्सी । दक्षिण भारतीय उत्कृष्ट अभिनेता शरत बाबुको ७१ वर्षको उमेरमा निधन भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार शरतका परिवारले उनको निधन भएको पुष्टि गरेका हुन् ।
उनलाई गत महिना हैदराबादको एक अस्पतालको भेन्टिलेटरमा भर्ना गरिएको थियो । उनले आफ्नो फिल्मी करियरमा २२० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनको जन्म ३१ जुलाई सन् १९५१ मा आन्ध्र प्रदेशमा भएको थियो । उनको वास्तविक नाम सत्यम बाबु दीक्षित हाे ।
सञ्चार माध्यमका अनुसार उनको निधनका कारण शरीरका केही अंगले काम गर्न छोडेको बताइएकाे छ । स्वास्थ्य बिग्रिएपछि उनलाई पहिले बेंगलुरुको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई हैदराबादको एआईजी अस्पतालमा भर्ना गरिएको थियो ।
शरतले सन् १९७३ मा तेलुगु फिल्म ‘राजा राजयम’ बाट डेब्यू गरेका थिए । उनले आफ्नो करियरमा तेलुगु, तमिल, मलयालम र कन्नड सबै फिल्महरूमा काम गरिसकेका छन् । उनलाई प्रतिष्ठित ‘नन्दी अवार्ड’ पनि दिइएको थियो । उनी हालै पवन कल्याणको फिल्म ‘वकील साब’ मा देखिएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्