 
	    एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआआर’ मा खलनायकाे भुमिका निभाएका डब्लिन– आइरिश अभिनेता रे स्टिभेन्सनको निधन भएको छ ।
उनको निधन ५८ वर्षका उमेरमा भएको हो । उनी ‘रोम वाइकिङ’ तथा ‘डेक्सटर’ जस्ता चर्चित टेलिभिजन शोमार्फत लोकप्रिय भएका थिए ।
स्टिभेन्सनका पब्लिशिस्ट भ्यू प्वाइन्टले बीबीसीसँग उनको निधनको पुष्टि गरेका छन् । यद्यपि, उनको निधन के कारणले भएको हो भन्ने बारेमा भने विस्तृत जानकारी दिएका छैनन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इटालीको समुद्री किनामा फिल्म छायांकनको क्रममा स्वास्थ्य बिग्रिएपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
स्टिभेन्सन उत्तरी आयरल्याण्डमा जन्मिएका कलाकार हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्