१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


महाविहार सुधार समितिको आयोजनामा वक्तृत्व तथा उद्घोषण प्रशिक्षण सम्पन्न


234
Shares

काठमाडौं । विहारका कार्यक्रमहरु प्रभावकारी सञ्चालनका लागि श्रीवच्छ महाविहार सुधार समितिको आयोजनामा भएको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिका, वडा नं. २० वडाको सहयोगमाविहारको आःजु निवासमा सञ्चालितले प्रशिक्षणको समापन समारोधमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै २० वडाका अध्यक्ष चन्द्रलाल महर्जनले वडाले वडाको संस्कृति, सम्पदा तथा सांस्कृतिक परम्परा तथा भौतिक विकासमा ध्यान मात्र नदिइ वडाका वासिन्दाहरुका लागि वक्तृत्व, कार्यक्रम संचालन, व्यवस्थापन तथा व्यक्तित्व विकासमा प्रभावकारी ल्याउने कार्यक्रमहरु पनि सशक्त ढंगले अघि बढाएको बताउनुभयो ।

वडाका वासिन्दाहरुमा अग्रसर हुने जागरुकता तथा क्षमता अति आवश्यक रहेको उहाँको भनाइ थियो । विहार सुधार समितिका अध्यक्ष राजु शाक्यको अध्यक्षतामा सम्पन्न समापन समारोहमा वडा सदस्यहरु शैलेन्द्र शाक्य, अमर डंगोल, गीता महर्जन, प्रशिक्षक सुरजवीर बज्राचार्य, झी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बुद्धिरत्न शाक्य, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका संयोजक युवराज शाक्यले मन्तब्य राख्नु भएको थियो भने प्रशिक्षार्थीहरु ज्ञानलक्ष्मी शाक्य, बसना शाक्य, सुप्रिया शाक्य, ओमरत्न शाक्य, केशवराज शाक्य, मूर्तिबहादुर शाक्य, ऋतिस शाक्य, निश्चल शाक्य, शोभालक्ष्मी शाक्यले प्रशिक्षण लिँदाको अनुभव सुनाएका थिए । विहार सुधार समितिका सचिव एवं प्रशिक्षणका संयोजक रविन्द्र शाक्यले स्वागत मन्तब्य राख्नु भएको यस कार्यक्रममा धन्यवाद ज्ञापन समितिका सदस्य चिनिकाजी शाक्यले गर्नुभएको हो ।

प्रशिक्षार्थी महेन्द्र शाक्यले उद्घोषण गर्नुभएको कार्यक्रममा प्रशिक्षण सुरजवीर बज्राचार्यलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण पश्चान मन्तब्य राख्ने क्रममा प्रशिक्षक बज्राचार्यले प्रशिक्षकका रुपमा आएर परिवार पाएको उल्लेख गर्नुहुँदै परिवारका प्रत्येक सदस्यको प्रगतिका लागि सदैव सक्रिय रहने प्रतिवद्धता ब्यक्त गर्नुभएको हो । कार्यक्रम आयोजनामा सहयोग पु¥याएकाले वडा २० का अध्यक्ष चन्द्रलाल महर्जनलाई कृतज्ञता पत्रसहित सम्मान गरिएको थियो ।