Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सम्पन्न


260
Shares

काठमाडौं । दिपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सम्पन्न भएको छ ।

निर्देशक खनालले बिहीबार सामाजिक सञ्जालमा फेसबुकमार्फत केही तस्बिर सार्वजनिक गर्दै चलचित्रको छायांकन सकिएको जानकारी दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘लगभग २ महिनाको परिश्रम र मेहनतका साथ आज ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सकिएको छ । पशुपति प्रसादको सम्पूर्ण टिम तथा निर्माता मित्र खगेन्द्र लामिछाने प्रती हार्दिक आभार ब्यक्त गर्दछु । प्रदर्शन मिति फुलपाती २०८०’ ।

टुकी आर्टस् ब्यानरमा निर्माण भएको चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

टुकी आर्टस् ब्यानरमा निर्माण भएको चलचित्रमा कृष्ण थापाले छायांकन गरेका हुन् । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् भने यो चलचित्र आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ।