Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति गठन


91
Shares

काठमाडौं । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेश गर्नु भएको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । १६ सदस्यीय सो मस्यौदा समितिमा अनिता देवी, जीवन परियार, ध्रुबबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौंला, मेटमणि चौंधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईँ, सुवाषचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे रहनु भएको छ ।

सो मस्यौदा समितिलाई कार्य सम्पादनका लागि ७ दिनको समय दिइएको छ । समितिले मस्यौदा तयार पार्नका लागि विज्ञहरुको समेत सुझाव लिन सक्ने कार्यादेश दिइएको छ ।