२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


बलात्कारको घटना गुपचुप मिलाउन खोज्ने एसपीलाई ‘प्रबल जनसेवा श्री’ पदक


0
Shares

काठमाडौं, भदौ २० । प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना ‘गुपचुपमा मिलापत्र गरेको’ आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले ‘प्रबल जनसेवा श्री’ पदक प्रदान गरेको छ ।

प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीलाई मंगलबार ‘प्रबल जनसेवा श्री’ पदक प्रदान गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी हुन् । यसै क्रममा एसपी माझी पनि ‘प्रबल जनसेवा श्री’ बाट विभूषित भएका हुन् ।

एसपी माझी अहिले जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख हुन् । –नागरिक दैनिकबाट