Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


युक्रेनी सीमा नजिक दुई हेलिकाेप्टर र दुई वटा रूसी लडाकु विमान खसे


481
Shares

एजेन्सी । युक्रेनी सीमा नजिक दुई वटा हेलिकाेप्टर र दुई वटा रुसी लडाकु विमान खसालिएको छ ।

सु–३४ र सु–३५ बम वर्षक विमान तथा एमआइ ८ हेलिकाेप्टर गोली खसालिएको हो । ती सबै लगभग एउटै समयमा खसेको जनाइएकाे छ । युक्रेनको चर्निभ क्षेत्रमा क्षेप्यास्त्र आपूर्तिका लागि ती विमान तथा हेलिकाेप्टर गइरहेको बेला खसालिएको अनुमान गरिएको छ ।

रुसी समाचार एजेन्सी तासले इन्जिनमा आगो लागेका कारण उक्त दुर्घटना भएको प्रारम्भिक सूचना आएको जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट भएका दृष्यहरुमा भने हेलिकाेप्टर आकाशमै पड्केर खसेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यता, युक्रेनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । बाख्मत शहरबाट रुसी सेनालाई भगाउन अघि बढिरहेको युक्रेनी सेनाले ती विमान र हेलिकाेप्टर खसालेको हुन सक्ने अनुमान गरिएको छ ।