
काठमाडौं । धादिङमा गुडिरहेकाे बसमा आगलागी भएको छ ।
धादिङकाे धुनिबेशी–९ गणेशस्थानमा शनिबार बिहान बसमा आगलागी भएको प्रहरीले बताएकाे हाे । निलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग १ ख ४८४७ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हाे ।
३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेकाे प्रहरीले बताएकाे छ । बसका सिट भने जलेर नष्ट भएका छन् । बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति भने हुन नपाएको प्रहरीले बताएकाे छ ।
दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्