Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


अमेरिकाले अवैध रूपमा लगेका ४० सम्पदा नेपाल फर्काउने


585
Shares

काठमाडाैं । अमेरिकाले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा नेपालमा नै फर्काउने भएको छ।

वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले विभिन्न ४० वटा सम्पदा दूतावासलाई हस्तान्तरण गरेका हुन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) बाट १९-२० औँ शताब्दीका ४० नेपाली काठका कलाकृतिहरू प्राप्त गरेको नेपाली दूतावासले जनाएको छ ।

समारोहमा एचएसआईका उपसहायक निर्देशक रिकार्डो मेयरोल र विदेश मन्त्रालयका निमित्त उपसहायक सचिव स्कट अर्वमले पुरातात्विक सम्पदाको पहिचान तथा घर फर्काउने कार्यमा अमेरिकी सरकारको सहयोग निरन्तर रहने बताएका छन् ।