Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


अभिनेत्रीले लगाइन् निर्मातामाथि यौन दुर्व्यवहारको आरोप


7.8k
Shares

एजेन्सी । भारतीय टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ की अभिनेत्री जेनिफर मिस्त्रीले शोका निर्माता असित मोदीमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् ।

जेनिफरले हालै वर्षौंदेखि शोको सेटमा आफूमाथि दुर्व्यवहार हुने गरेको बताएकी हुन् । उनले असितमाथि बारम्बार कोठामा बोलाएर आफूलाई आपत्तिजनक म्यासेज पनि पठाएको आरोप लगाएकी छिन् ।

असितको हर्कतबाट दिक्क भएर जेनिफरले शो छाडेर कानूनी नोटिस पठाएकी छिन् । शोमा जेनिफर रोशन सिंह सोढीको भूमिकामा थिइन् ।

भारतीय सञ्चार माध्यमहरुसँग कुराकानी गर्दै जेनिफरले असितले आफूलाई धेरै वर्षदेखि दुर्व्यवहार गर्दै आएको बताएकी छिन् । उनले भनिन्, ‘यो शो २०१९ देखि चलिरहेको छ । हामी सुटिङका ​​लागि सिंगापुर गयौँ । त्यतिबेला असितले मलाई पटक–पटक दुर्व्यवहार गर्दै आएका थिए । उनले मलाई बारम्बार आफ्नो कोठामा बोलाउँथ्यो, मैले अस्वीकार गर्दा उनले ठट्टा गरेको भन्थे तर, उनी मलाई दुर्व्यवहार सधैं गरिरहन्थे ।’

जेनिफरले लगाएको आरोप पछि, निर्माता असित मोदीले आफ्नो स्पष्टीकरण दिएका छन् । उनले भने, ‘जेनिफरको कामप्रति कुनै ध्यान थिएन् । उनी आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सकिरहेकी थिइनन् । उनको सबैलाई गाली गर्ने व्यवहार देखेर सबै दिक्क भइसकेका थिए । उनले सुटिङको अन्तिम दिन पनि सबैसँग झगडा गरेर सुटिङ नै पूरा नगरी शो बाट बाहिरिएकी थिइन् । उनको मानसिक स्थिति सामान्य छैन् । अहिले निराधार आरोप लगाएर हामीलाई र शो लाई बदनाम गर्न खोज्दैछिन् । यस्ता निराधार आरोपका विरुद्ध हामीले सम्बन्धित निकायमा उजुरी गरिसकेका छौं ।’