Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


बुद्ध एयरका सञ्चालक दाजुभाइबीच सम्पत्ति विवाद


18.6k
Shares

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरका सञ्चालकद्वय वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद चुलिएको छ ।

बुद्ध एयर प्रालिका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै उनका दुई छोराहरू वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुर बस्नेतबीच बुद्ध एयरभित्रको सम्पत्तिलाई लिएर सुरु भएको विवाद चुलिएर उग्र रूप लिएको हो ।

यसअघि धेरैपटक दाजु वीरेन्द्रबहादुरसँग आफ्नो परिवारको भागमा रहेको ४० प्रतिशत सेयरको हिसाबकिताब माग्दा अहिलेसम्म नदिएर हिनामिना गरेको भाइ शिवेन्द्रबहादुरको आरोप छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी बुबा सुरेन्द्रबहादुरका कान्छा छोरा शिवेन्द्रबहादुरले आफू बुद्ध एयरको ४० प्रतिशत सेयर हिस्सेदार भएको दाबी गर्दै दाजु वीरेन्द्रबहादुरले धेरैपटक माग्दा अहिलेसम्म कुनै पनि हरहिसाब पारदर्शी रूपले उपलब्ध नगराएको आरोप लगाएका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।