काठमाडौं । प्रमुख दलका तीन शीर्ष नेताहरुबीचको बैठक सकिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरु पक्राउ पर्न थालेपछि बुधबार सिंहदरबारमा प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो । बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता रमेश लेखकको पनि सहभागिता रहेको थियो ।
शीर्ष नेताबीच संसदलाई प्रभावकारी बनाउने विषयहरुमा केन्द्रीत भएर छलफल भएको कांग्रेस नेता लेखकले जानकारी दिनुभयो । उहाँले आगामी बजेट,सरकारको नीति तथा कार्यक्रम लगायतका विषमा छलफल भएको बताउनु भयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरु मुछिन थालेपछि दाहाल,देउवा र ओलीबीच भेटघाट बाक्लिएको छ ।





प्रतिक्रिया दिनुहोस्