२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


आधारभूत आवश्यकतालाई बिर्सिएर सरकार रेल र पानीजहाज भन्दै हिँड्यो : पौडेल


0
Shares

तनहुँ, भदौ १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका आधारभूत आवश्यकतालाई बिर्सिएर वर्तमान सरकार रेल र पानीजहाज भन्दै हिँडेको आरोप लगाएका छन् ।

मंगलबार तनहुँको दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले रेल र पानीजहाजको कुराभन्दा पहिला देशभरका सडक, खानेपानी, स्वास्थ्य, रोजगारीलगायतका विषयलाई सरकारले ध्यान दिनुपर्ने बताए ।