३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी


494
Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताए । सोमबार दाङको टरिगाउँ एयरपोर्टमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले अन्य प्रदेशमा लुम्बिनीमा छिट्टै सरकारले पूर्णता पाउने बताउनुभयो ।

उहाँले सुदुरपश्चिममा पनि लामो समयदेखि सरकारले पूर्णता नपाएको भन्दै सबै ठाउँमा सँगै गरौँ, भन्ने हाम्रो नीतिगत निर्णय भएको समेत बताउनुभयो । उहाँले लुम्बिनीमा सत्तारुढ दलसँग भागवण्डा मिलेको भन्दै सरकार बनाउनु भन्दा पहिला कसरत हुने र सरकार बनेपछि कुनै कसरत नहुने पनि बताउनु भयो ।

यस्तै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणलाई नजिकबाट हेर्दै र सुन्दै आएको समेत बताउनुभयो । चौधरी यही वैशाख १२ गते मा मुख्यन्त्री नियुक्त हुनुभएको थियो ।

यस्तै नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी पनि मन्त्रीमा नियुक्त हुनुभएको छ । तर, उनीहरुले अहिलेसम्म मन्त्रलायको जिम्मेवारी पाउनु भएको छैन् । वर्तमान सरकारलाई ८ राजनीतिक दल र स्वतन्त्र एक जना सांसदको समर्थन छ ।