१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बजेटका सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध भएकाे एमालेकाे टिप्पणी


52
Shares

काठमाडाैं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य दिलकुमार थापा रावल पार्वतीले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा आगामी वर्षको बजेट र सिद्धान्तमाथि छलफल गर्दै उहाँले टिप्पणी गर्नुभएको हाे । गठबन्धन सरकारले चालू बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि त्यो पूरा नहुने स्थिति स्पष्ट रहेको उहाँले बताउनुभएको हो ।

उहाँले फराकिलो आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य लिएको वर्तमान गठबन्धन सरकारले लक्ष्य पूरा किन नगरेको भन्दै प्रश्न गर्नुभयो । उहाँले फराकिलो आर्थिक वृद्धिदर भनेको के हो भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले गत वर्ष बजेट निर्माणको क्रममा करको दर हेरफेर भएको र जसका कारण उद्योगी व्यवसायीमा नकारात्मक प्रभाव परेको बताउनुभयो । सरकार र वर्तमान अर्थमन्त्री यसबारेमा सचेत हुनुहुन्छ की हुनुहुन्न भन्दै उहाँले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराउनुभयो ।

आगामी वर्षको बजेट निर्माणमा विचौलियको प्रयोग हुँदैन भन्ने प्रत्याभूति सरकारले जनता र संसदलाई दिनुपर्ने उहाँले बताउनुभयो । श्रोतको जोहो गर्न वर्तमान सरकार दवावमा रहेको राष्ट्रिय सभा सदस्य पार्वती उल्लेख गर्नुभयो ।