Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


महिलाको अश्लील तस्बिर बनाउनेलाई २५ हजार जरिवाना


2k
Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई महिलाको अश्लील तस्बिर पठाएर बदनाम गराउने एक जनाविरुद्ध २५ हजार रूपैयाँ जरिवाना गर्न सर्वोच्च अदालतले फैसला गरेको छ ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले दिएको सफाई उल्टाउँदै जरिवानासहितको ठहर गरेको हो ।

आकाश विसीले नक्कली फेसबुक आइडी बनाएर एकजना महिलाका अश्लील तस्बिर राख्ने, आफन्त साथीहरूलाई जथाभावी म्यासेज र तस्बिर पठाउने गरेका थिए । कसैले कुनै महिलाको नग्न तस्बिर सामाजिक सञ्जालमा प्रदर्शन गर्ने काम केवल निजको मर्यादामा आँच आउने मात्र नभै आम महिलालाई अपमान गरेको सर्वोच्चले ठहर गरेको छ ।

‘प्रतिवादी आकाश विसीले अभियोग दाबी बमोजिम विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७(१) को कसुर पुष्टि भएको अवस्थामा निजलाई अभियोग दााबीबाट सफाई दिने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको २०७२ माघ १२ को फैसला नमिलेकाले उल्टी भै विसीलाई २५ हजार रूपैयाँ जरिवाना हुने र बरामद भएको ल्यापटपसमेत दफा ५६ बमोजिम जफत हुने ठहर्छ’ सर्वोच्च अदालतको फैसलामा भनिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।