Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


कता हराए रायमाझी ?


4.9k
Shares

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा आोलीसँग फोनवार्ता भएको खुलेको छ ।

रायमाझीसँग बुधबार साँझ आफ्नो कुरा भएको ओलीले बिहीबार बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा बिहीबार भेटेका ओलीले सो जानकारी दिएका हुन् । ओलीले सञ्चारकर्मीसँग भनेका थिए , ‘मैले उहाँ (रायमाझी) सँग बुधबार बेलुकी कुरा गरेको थिएँ । तपाईलाई पक्राउ पुर्जी भनेको सुन्छु केही जानकारी छ ? उहाँले मैले आईजीपीलाई कुरा गरेको छु भन्नुभयो । एक पटक स्पष्ट पारिदिनुपर्छ भन्नुभयो ।’

फोनमा रायमाझीले ओलीले आफू काठमाडौं आउन लागेको पनि बताएका थिए । उनले भने, ‘म काठमाडौं आउँदै छु भन्नुभएको थियो, काठमाडौं आउँछु भनेको मान्छेलाई कोही समात्यो भन्छन्, कोही फरार भन्छन्, के हो थाहा छैन ।’ एमाले अध्यक्ष ओलीलाई ‘काठमाडौं आउँदै छु’ भनेका रायमाझी कहाँ गए भन्ने अहिलेसम्म खुलेको छैन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।