
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धकाे शिक्षाबाट प्रभावित आफू प्रभावित भएकाे बताउनुभएकाे छ ।
शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसकाे अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । बुद्धका अनुयायी सम्राट अशोकको जीवनसँग आफ्नो जीवन पनि मेल खाने पनि उहाँले बताउनुभएको छ ।
आफू जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको पनि उहाँकाे भनाइ थियाे । बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी बने जस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जाने उहाँको तर्क छ ।
प्रधानमन्त्री दाहालले आमूल परिवर्तनको आकांक्षासहित सुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एक-अर्काको पूरक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौता मार्फत क्रान्ति र शान्तिलाई एक-अर्काको पूरकको रूपमा व्यवहार सिद्ध गर्नुले आफू बुद्धकाे शिक्षाबाट प्रभावित भएको पुष्टि गरेको दावी गर्नुभयो ।
बुद्धको शिक्षाबाट आफू प्रभावित मात्र होइन त्यो शिक्षालाई आफ्नै मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुशरण गरिरहेको पनि उहाँकाे दावी छ । साेही कार्यक्रममा बाेल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास गुरूयोजना पूरा गर्न प्राथमिकता दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्