१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


‘भूकम्पका कारण आवासविहीन बनेकाहरुलाई तत्काल आवासको व्यवस्था गर्ने तयारी’


0
Shares

काठमाडौं, भदौ १९ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले सहरी विकास मन्त्रालयबाट सम्पादित कार्य र भावी कार्ययोजनाबारे १५ दिनभित्र लिखित विवरण पेस गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलमा समितिले भूकम्पपछि नयाँ आवास बनाउने सरकारको लक्ष कतिदिन भित्र सकाउने हो ? त्यसबारे समितिलाई विस्तृत् जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

मंगलबारको समितिको बैठकमा बोल्दै सहरी विकासमन्त्री इस्तियाक राईले भूकम्पका कारण आवासविहीन बनेकाहरुलाई तत्काल आवासको व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

उनले सुरक्षित आवासका लागि सहरी विकास ऐन सरकारले ल्याइसकेको जानकारी गराए ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अबको युव विकासको युग भएकाले सहरी विकास मन्त्रालयलाई विश्वसनीय र वैज्ञानिक बनाउने योजना ल्याउन सुझाव दिए ।