
एजेन्सी । नापोलीले पाँच खेल अगावै पटक इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । नापोलीले ३३ वर्षपछि सिरी ‘ए’ च्याम्पियन उपाधि जितेको हो ।
बिहीबार राति उडिनेससँग १–१ को बराबरी खेल्दै नापोलीले ५ खेल अगावै उपाधि जितेको हो ।
खेलको १३ औं मिनेटमा सान्डी लोभ्रिचले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १–१ को बराबरीमा ल्याए ।
दोस्रो स्थानको लाजियोमाथि १६ अंकको अग्रता लिएर नापोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । नापोलीले यसअघिका दुई उपाधि अर्जेन्टिनाका दिग्गज डिएगो म्याराडोनाको समय सन् १९८७ र १९९० मा जितेको थियो ।
नापोली ३३ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । उडिनेस ४३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्