
काठमाडौं । रुपन्देहीको बेलहिया नाका मंगलबारदेखि दुई दिन बन्द हुने हुने भएको छ ।
भारतको उत्तर प्रदेशको महराजगंज जिल्ला नगर निकायको निर्वाचन यहि वैशाख २१ गते बिहीबार हुने भएकाले मंगलबार साँझदेखि बिहीबार साँझ ६ बजेसम्म नाका बन्द हुने भएको हो ।
निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सीमा नाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्