१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


शेयर बजार आज पनि घट्याे


39
Shares

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको शेयर बजार साेमबार पनि घटेको छ ।

४ अंकले घटेको बजारमा कारोबार रकम पनि अन्य दिनको तुलनामा न्यून रहेकाे हाे । आधा उपसमूह हरियो रहेको बजारमा आधा उपसमूह रातो रहेकाे छ ।

घटेको बजारमा पनि आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशत बराबर कमाएका छन् । त्यस्तै सबै भन्दा धेरै सेयर कारोबार हिमालयन डिस्टिलरीको भएको छ ।

यो कम्पनीको १ हजार ९ सय कित्ता सेयर किनबेच हुँदा २ करोड ४४ लाख ४९ हजार रुपैयाँ कारोबार भएको छ । १ सय ४४ कम्पनीको मूल्य घटेको बजारमा जम्मा ६९ कम्पनीको मूल्य मात्र बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा २ सय ७१ कम्पनीको २३ लाख ३६ हजार कित्ता शेयर ६९ करोड २२ बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।