२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


जमुनाहा नाका दुई दिन बन्द हुने


182
Shares

काठमाडौं । बाँकेमा रहेको जमुनाहा नाका दुई दिन बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नेपाल–भारत जमुनाहा सीमानाका बन्द हुने भएको हो । १९ गते मंगलबार राति १२ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नाका पूर्णरुपमा बन्द गरिने भारतीय सुरक्षा अधिकारीले जानकारी दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताउनुभयो ।

नाका बन्द गरी दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्ने र सुरक्षा सम्वेदनशीलता अनुसार काम गर्ने सहमति भएको जनाइएको छ ।