Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


खानेपानी नपाएपछि रित्ता गाग्री प्रदर्शन


91
Shares

काठमाडौं । यी कुनै स्वागतमा लामबद्ध सगुनका गाग्री होइनन्। यिनमा न त पानी छ न त फूल नै। रित्ता पनि छैनन् किनकि यिनमा सर्वसाधारणको आक्रोश भरिएको छ। रित्ता गाग्रीभित्रको आक्रोश बाहिर टाँसिएका नाराबाटै प्रस्ट बुझिन्छ। उपत्यकामा आइतबार दिनभरजसो पानी पर्‍यो।

तर चन्द्रागिरिका सर्वसाधारणका गाग्री रित्तिएको धेरै भयो। खानेपानी अभावले निराश सर्वसाधारणले आइतबार बिहानैबाट नगरपालिकाको कार्यालयअगाडि रित्ता गाग्रीसँगै आक्रोश प्रदर्शन गरे। ‘यी गाग्रीहरू रित्ता छैनन्, यिनमा आक्रोश भरिएको छ,’ बलम्बुका रिहान महर्जनले भने, ‘आक्रोश भरिएका गाग्रीले रित्ता गाग्रीभन्दा बढ्ता अपसगुन दिन्छन्।’

यी कुनै स्वागतमा लामबद्ध सगुनका गाग्री होइनन्। यिनमा न त पानी छ न त फूल नै। रित्ता पनि छैनन् किनकि यिनमा सर्वसाधारणको आक्रोश भरिएको छ। पानी अभाव भएको वडा नम्बर १२ बलम्बुकी रामकुमारी महर्जन पनि यस्तै धारणा राख्छिन्। ‘पानी अभावसँगै सर्वसाधारणले नगरपालिकामा रित्ता गाग्रा छाडेर आएका छन्,’ उनले भनिन्, ‘जब हाम्रो माग पूरा हुन्छ तब मात्रै ती गाग्री लिएर फर्कन्छौं।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।