१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नेपालमा शिक्षाको उद्देश्य स्पष्ट छैन : प्रदीप पौडेल


104
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताउनुभएको छ ।

आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताउनुभयो ।

उहाँले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ले दाबी गर्नुभयो ।

उहाँले शिक्षाको सैद्धान्तिक उद्देश्य के हो भन्ने बारेमा संघीय शिक्षा ऐनले स्पष्ट पार्न नसक्ने बताउनुभयो । उहाँले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्नेकुरा पनि पछिल्लो समय खस्कँदै गएको बताउनुभयो ।

नेता पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताउनुभयो ।